जर्मन चान्सलर र गृहमन्त्रीले हात नमिलाएर दिए कोरोना सङ्क्रमणबाट बच्ने सन्देश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जर्मन चान्सलर र गृहमन्त्रीले हात नमिलाएर दिए कोरोना सङ्क्रमणबाट बच्ने सन्देश


२० फाल्गुन २०७६, मंगलबार


बर्लिन् । गृहमन्त्री हर्स्ट सिहोफरले जर्मन चान्सलर एन्जेला मर्केलसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

जर्मनीको राजधानी बर्लिनमा आप्रवासनबारे छलफल गर्न सोमबार आयोजना गरिएको बैठकमा जर्मन चान्सलर एन्जेला मर्केलले गृहमन्त्री हर्स्ट सिहोफरसँग हात मिलाउन खोज्दा सिहोफरले हात मिलाउन अस्वीकार गरेका हुन् र

सिहोफरले चान्सलरसँग रिसाएर वा असन्तुष्टि पोख्न हात नमिलाएका भने होइनन् । उनले विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणबाट बच्न हात मिलाउन अस्वीकार गरेका हुन्।

बैठकअघि नै गृहमन्त्री सिहोफरले कोभिड–१९ को प्रकोपसँगै आफूले हात मिलाउन छोडेको पत्रकारसमक्ष बताएका थिए ।

गृहमन्त्रीले चान्सलरसँग हात मिलाउन नमानेपछि एक छिन् बैठक कक्षमा हाँसो गुञ्जिँदा मर्केलले पनि मुस्कुराउँदै हात मिलाउन नखोज्नु अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिइन् ।

आइतबार मात्रै मर्केलले पनि आफ्नो निर्वाचन क्षेत्रको एउटा कार्यक्रममा हात नमिलाउन आग्रह गरेकी थिइन् ।

जर्मन चान्सलर र गृहमन्त्रीबिचको प्रतिनिधि घटना दृश्यसँगै विश्वका कैयौँ देशले अभिवादन गर्दा हात नमिलाउन आफ्ना नागरिकलाई आग्रह गरिसकेका छन् । जर्मनीले सार्वजनिक रूपमै यस्तो निर्णय नगरे पनि सोमबारको घटनाले जर्मन नागरिकलाई ठुलो सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस