२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौला फेल भएपछि दुई भारतीय कम्पनीका औषधिको बिक्री वितरणमा रोक

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले दुई वटा भारतीय कम्पनीका औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले मङ्गलवार सूचना निकालेर ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस(मेट्रोनिडाजोल) र ब्याच नम्बर १ एच ८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सनको बिक्री वितरणमा रोक लगाएको हो । ती औषधिको गुणस्तरमा शङ्का उत्पन्न भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि बिक्री वितरणमा रोक लगाएको विभागले जानकारी दिएको छ ।

बिक्रीमा रोक लगाइएका मेट्रिस नामक औषधि ओटसुका फर्मास्युटिकल्स इन्डिया प्रा.लि., इन्डियाको रहेको छ भने अर्को सोडियम ल्याकटेट एक्युलाइफ हेल्थ केयर प्रा.लि., इन्डियाका कम्पनीको हो ।

मेट्रोनिडाजोल एनएरोबिक ब्याक्टेरिया(अक्सिजन प्रयोग नगर्ने ब्याक्टेरिया) सँग लड्न मद्दत गर्ने एक प्रकारको यान्टिबायोटिक हो । यसले योनि, पेट तथा आन्द्रा, कलेजो, छाला, जोर्नी, मस्तिष्क, मुटु, श्वासप्रश्वास नली तथा दाँतमा हुन सक्ने ब्याक्टेरियाको सङ्क्रमणबाट बचाउन सहयोग पुर्‍याउँछ । त्यसै गरी ‘रिंगर ल्याकटेट सलुसन’ भने सलाइन पानी हो ।

विभागले औषधिहरूको गुणस्तरमा शङ्का लागि थप अनुसन्धान, जाँचबुझ तथा परीक्षण भइरहेको जनाएको छ ।

गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये उक्त ‌ओैषधिले तीन जनामा एकै प्रकारको सङ्क्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रिया कक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो ।

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज(एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण सङ्क्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग(डीडीए)ले हालका लागि उक्त औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।