महावीर पुन नेपाल बैङ्कको ब्रान्ड एम्बेसेडर नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महावीर पुन नेपाल बैङ्कको ब्रान्ड एम्बेसेडर नियुक्त


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ। म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैङ्क लिमिटेडको ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन् ।

बैङ्कले व्यापार प्रवर्द्धन गर्न युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्षसमेत रहेका डा. पुनलाई एम्बेसेडर नियुक्त गरेको हो ।

सोमबार आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

विक्रम संवत १९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भएको नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ ।

बैंकले देशको ६३ जिल्लामा रहेका १ सय ७८ वटा शाखाहरु, २६ बटा एक्स्टेन्सन काउण्टर तथा १ सय १९ बटा एटिएममार्फत बैंकिङ्ग सेवा दिँदैआएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस