नयाँ दिल्लीमा पनि भेटिए कोरोनाका बिरामी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नयाँ दिल्लीमा पनि भेटिए कोरोनाका बिरामी


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौं । चीनको उहानबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि संक्रमण देखिएको छ । एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन् । दुबै बिरामीको अवस्था स्थिर रहेको र उनीहरुलाई नजिकबाट अनुगमन गरिएको बताइएको छ ।

भारतमा पहिलो पटक केरलमा एक महिलामा कोरोनाको संकेत देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस