चीनबाट ल्याइएका १७५ नेपालीलाई घर पठाउने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चीनबाट ल्याइएका १७५ नेपालीलाई घर पठाउने तयारी


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेर ल्याएको नेपाली विद्यार्थीलाई १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ ।

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाउने तयारी गरिएको हो । उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाउने तयारी गरिएको हो ।

शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको पठाइएकोमा सोमबार रिपोर्ट आउँदा कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसअघि विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली आइतबार क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबरा घर फर्किएको थियो ।

नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५औँ दिनमा घर फर्काइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस