कसले दिँदैछन् प्रधानमन्त्री ओलीलाई मिर्गौला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कसले दिँदैछन् प्रधानमन्त्री ओलीलाई मिर्गौला


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला बुधबार प्रत्यारोपण हुने तयारी भएको छ । दोस्रो पटकको लागि हुने मिर्गौला प्रत्यारोपणमा प्रधानमन्त्री ओलीकै आफन्तको मृर्गौला प्रत्यारोपण गरिने छ ।

झापाकी ३२ वर्षीय महिला नाताले प्रधानमन्त्रीकी भान्जी पर्नेले नै उनलाई मिर्गौला दान गर्न लागेकी हुन् । यस अघिको मिर्गौला प्रधानमन्त्रीकै भाइबुहारीले दान गरेकी थिइन् ।

नेपालको कानुनअनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ अनुसार अंगदान गर्न मिल्ने विभिन्न ५५ किसिमका नातामा भान्जाभान्जीपनि पर्छन् ।

ऐनअनुसार ओलीले पहिलो पटक पनि आफ्नै नातेदारबाट मिर्गौला लिएका थिए । अहिले पनि नातेदारभित्रकै व्यक्तिबाट प्रत्यारोपण गराउन लागेका हुन् । अहिले पनि परिवारकै सदस्य ओलीका लागि दाता बनेकी छन् । तर व्यक्तिगत गोपनीयताका कारण उनको नाम सार्वजनिक गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस