एल क्लासिको : बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एल क्लासिको : बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियलले दोस्रो हाफमा दुई गोल गरेको थियो । रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एक–एक गोल गरे ।

खेलको ७१ औं मिनेटमा भिनसियल जुनियरले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो ।

यस्तै, वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियानोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

एल क्लासिकोको जितपछि रियल ५६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ५५ अंकसहित दोस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस