हामी सरकारलाई मद्दत गर्न चाहन्छौँ गगन थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हामी सरकारलाई मद्दत गर्न चाहन्छौँ गगन थापा


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । नेपाली कंग्रेसका युवा नेता गगन थापाले सरकारलाई प्रश्न मात्रै होइन, मद्दत पनि गर्न चाहने बताएका छन् ।

कोरोना भाइरसबारे सरकारले चालेका पछिल्ला कदमहरूको सराहना गर्दै नेता थापाले जोखिमको सम्बन्धमा सरकारका पछिल्ला निर्णय ठिक भएको बताएका हुन् ।

उनले आइतबार साँझ ट्विट गर्दै भनेका छन्, ‘कोरोना भाइरस मुक्त नेपाल भन्ने लहडी कुराबाट मुक्त भएर जोखिमको सम्बन्धमा सरकारका पछिल्ला निर्णय ठिक छन्’ तर अपर्याप्त छन् । संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छौँ । ‘जोखिमसँग जुध्न राष्ट्रिय सङ्कल्प जरुरी छ । हामी सरकारलाई प्रश्न मात्रै होइन, मद्दत गर्न चाहन्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस