कोरोनाको आशंकामा दुईजना टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोनाको आशंकामा दुईजना टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । कोरोना संक्रमणको आशंकामा दुई जना व्यक्तिलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

उनीहरु दुवै चीन र दक्षिण कोरियाबाट फर्केका नेपाली भएको अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले जानकारी दिए। आइसोलेसन वार्डमा राखिएका दुवै पुरुष हुन्। ‘एकजनालाई हिजो र एक जनालाई आज आइसोलेसन वार्डमा राखिएको छ,’ बाँस्तोलाले भने।

उनका अनुसार उनीहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आइसोलेसनमा राखेर जाँच गर्न खोजिएको हो।

बाँस्तोलाले नमुना संकलन गरेर ल्याबमा पठाइसकेको बताउँदै सोमबारसम्ममा रिपोर्ट आउने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस