कामदार भिसामा अमेरिका जान आवेदन खुला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कामदार भिसामा अमेरिका जान आवेदन खुला


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । अमेरिकी सरकारले आइतबारदेखि कामदार भिसा ‘एच वानबी’ भिसा खुलाएको छ ।

‘एच–वानबी भिसा’ आज (आइतबार) मध्याह्न १२ बजेदेखि मार्च २० तारिख मध्याह्न १२ बजेसम्म खुलाएको हो ।

अमेरिकी रोजगारदाताले उच्च शिक्षा भएका व्यक्तिका लागि प्राथमिकता दिदै पहिलोपटक अनलाइनमार्फत आवेदन माग गरेको हो ।

युएससी आईएसको सूचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि आवेदन दिन सकिने उल्लेख छ ।

यो पटक ब्याचलर डिग्री गरेकाहरुका लागि विश्व भरबाट बढीमा ६५ हजारको कोटा खुला गरिएको सूचनामा उल्लेख छ । त्यसै गरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरूका लागि २० हजारको कोटा खुला गरेको बताईएको छ ।

रोजगारीको लागि अमेरिका जान चाहने व्यक्तिले विश्वको जुनसुकै स्थानबाट आवेदन भर्न सक्ने छन् । सवै प्रकृया पूरा गरि पास भए एचवान बी भिसा पाईने छ ।

एच–वानबी भिसाको व्यवस्थाले अमेरिकी रोजगारदातालाई विशेष पेसामा काम गर्ने गैरअमेरिकी अस्थायी कामदारलाई भिसा प्रदान गर्छ । यो भिसाका लागि आवेदन दिन अनलाइन फर्म भर्नुपर्छ भने १० डलर शुल्क लाग्छ ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउन यूएससीआईएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यूएससीआईएसले कन्फर्मेसन नम्बर उपलब्ध गराउँछ र सोही आधारमा छनोट हुनेको नामा मार्च अन्तिममा सार्वजनिक हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस