नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस