महोत्तरीमा गोली चल्यो, एक घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महोत्तरीमा गोली चल्यो, एक घाइते


१८ फाल्गुन २०७६, आइतबार


फागुन, काठमाडौं । महोत्तरीमा गोली चल्दा एक जना घाइते भएका छन् । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार हुँदा गोली लागेर यादव घाइते भएका हुन् ।

शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली ६१ वर्षीय यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको छ ।

गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुल्न नसकेको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस