पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढेका छन् : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढेका छन् : मुख्यमन्त्री भट्ट


प्रशासन संवाददाता

१६ फाल्गुन २०७६, शुक्रबार


कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटकीय क्षेत्रको विकासका लागि योजना अघि सारिएको बताएका छन् ।

आज तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा आयोजित कार्यक्रममा उनले पर्यटकीय क्षेत्रको विकासका लागि पाँच वटा करिडोरका रूपमा कार्य अगाडि बढाइएको बताए । तराई, पहाड र हिमालसम्मका कला संस्कृति, प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र, ऐतिहासिक क्षेत्रको पहिचानसँगै विकासका कार्य अगाडि बढाइएको उनले बताए ।

होमस्टे (घरबास) सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए । कञ्चनपुरको महाकाली नगरपालिकामा निर्माण हुने सुक्खा बन्दरगाहको कार्य अगाडि बढाइनुपर्ने चर्चा गर्दै उनले सुक्खा बन्दरगाह निर्माण भए यस क्षेत्रको विकासको ढोका खुल्ने बताए ।

‘प्रदेशका सबै जनतासम्म स्वास्थ्य सेवा पुगोस् भन्ने चाहना छ’, उनले भने, ‘महाकाली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विकास गरी सहजरूपमा स्वास्थ्य सेवा पुर्‍याइने छ ।’ एकात्मक राज्यबाट पछाडि पारिएको यो क्षेत्रले पनि विकासमा फड्को मार्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस