चीनबाट फर्किएका राष्ट्रपति १४ क्वारेन्टाइनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनबाट फर्किएका राष्ट्रपति १४ क्वारेन्टाइनमा


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । चीन भ्रमण गरी स्वदेश फर्केका मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राखिएको छ।

सरकारी समाचार संस्था मोन्टसेमका अनुशार राष्ट्रपति बत्तुल्गासहित चीन जाने सरकारी अधिकारीलाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो।

जनवरीमा चीनले कोरोना(कोभिड–१९) को प्रकोप रोक्न विशेष उपाय कार्यान्वयन गर्न सुरू गरेपछि बत्तुल्गा चीन भ्रमण गर्ने पहिलो राष्ट्र प्रमुख हुन्।

बिहीबार बिहान बेइजिङ पुगेका राष्ट्रपति बतुल्गासहित विदेश मन्त्री सोग्त्बातर दमडिन र अन्य सरकारी अधिकारीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि केकियाङसँग भेट गरेका थिए।

गोलियाको सरकारी समाचार संस्थालाई उद्धुत गर्दै सीएनएनले राष्ट्रपति बटुल्गाले आफ्ना चिनियाँ समकक्षीसँग भेटघाटको क्रममा कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासहरुबारे छलफल गरेको उल्लेख गरेको छ । मंगोलियाले चीनलाई सहयोग स्वरुप ३० हजार भेडा प्रदान गर्ने घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस