आँखा अस्पतालको भवन हस्तान्तरण « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आँखा अस्पतालको भवन हस्तान्तरण


प्रशासन संवाददाता

१६ फाल्गुन २०७६, शुक्रबार


गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१० गाईघाटको बोक्सेमा जापानी राजदूतावासको सहयोगमा निर्माण गरिएको नवनिर्मित उदयपुर आँखा अस्पताल भवनको आज एक कार्यक्रमबीच नेपालका लागि जापानी राजदूत मासिमिकी साइगुले औपचारिक रुपमा नेत्र ज्योति संघ जिल्ला शाखालाई हस्तान्तरण गरेका छन् ।

राजदूत साइगुले नवनिर्मित भवन नेत्रज्योति संघका अध्यक्ष भागवत राउतलाई भवनको चाबी हस्तान्तरण गरेका थिए । राजदूत साइगुले जापान सरकारले नेपाल एउटा असल मित्र देश भएको नाताले विभिन्न आर्थिक विकासमा सहयोग गर्दै आएको बताए ।

पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलु र भोजपुरका दुर्गम भेगका जनताले समेत नयाँ भवनमा अस्पताल सञ्चालन भएपछि आँखाको उपचारमा सहजता पाउने कुराले आफू निकै खुशी भएको भन्दै राजदूत साइगुले जापान सरकारले नेपालको विकासमा निरन्तर सहयोग गरिरहने धारणासमेत राखे।

रु एक करोड ६० लाखभन्दा बढी आर्थिक लगानीमा निर्माण भएको आँखा अस्पताल भवन निर्माणका लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार बराबरको आर्थिक सहयोग भएको नेत्रज्योति संघले जनाएको छ ।

उक्त कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डा.चेतराज पन्त, २ नं प्रदेश तथा सगरमाथा आँखा अस्पताल सिरहाका अध्यक्ष राजेन्द्र चौधरी, संविधानसभा सदस्य मञ्जुकुमारी चौधरी र मोहन पौडेल तथा सहायक प्रजिअ प्रेमप्रसाद भट्टराईलगायतको उपस्थिती रहेको थियो । आँखा अस्पताल सञ्चालनका लागि प्रदेश नं १ को सरकार र स्थानीय सरकारको समेत सहयोगमा जनशक्ति व्यवस्था गरेर सञ्चालन गर्न लागिएको नेत्रज्योति संघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस