सुकुटे पुगे प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुकुटे पुगे प्रचण्ड


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

प्रथम सुकुटे महोसत्सवको उद्घाटनका लागि अध्यक्ष दाहाल सुकुटे पुगेका हुन् । महोसत्सव शनिबारदेखि मंगलबार सम्म चार दिनसम्म चल्नेछ ।

महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी हुनेछन् ।

भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको प्रथम सुकुटे महोत्सव अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले र्‍याफ्टिङ, खाना, बाससहित होटल, रेस्टुराँको सम्पूर्ण सेवामा ३० प्रतिशत छुट पाउँने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस