गाली बेइजतीको मुद्धा लिएर अदालत पुगे गोकुल बाँस्कोटा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गाली बेइजतीको मुद्धा लिएर अदालत पुगे गोकुल बाँस्कोटा


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेका छन् । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

निवर्तमान मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो सार्वजनिक गरेर आफूलाई झुटो आरोप लगाएको उल्लेख छ ।

बाँस्कोटाले मुद्दा दर्ता गर्नेबित्तिकै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस