तीन डिआइजी एआइजी बढुवाका लागि सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन डिआइजी एआइजी बढुवाका लागि सिफारिस


१५ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा तीन प्रहरी नायव महानिरीक्षक(डिआइजी) को नाम सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले डीआईजीत्रय तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरी बहादुर पाललाई एआईजीमा बढुवाको लागि सिफारिस गरिएको हो ।

बढुवा सुचीको पहिलो नम्बरमा रहेका लम्साल हालका प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुर ज्ञवालीसँगै २०४७ असार २५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।

पहिलो नम्बरमा एआईजी बढुवामा सिफारिस भएका लम्सालले ३० बर्से सेवा हदका कारण आगामी असार २४ मा आइजिपी ज्ञवालीसँगै अनिवार्य अवकाश पाएपछि भावी आइजिपी को लागि थापा र पालबिच प्रतिस्पर्धा हुनेछ ।

उनीहरू दुबै जना २०४९ वैशाख १९ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् ।

एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए।

प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने ब्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस