प्रियंका र आयुष्मानले गरे विवाह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रियंका र आयुष्मानले गरे विवाह


प्रशासन संवाददाता

१५ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्।

उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।

अदालतमा पारिवारिक सदस्यको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस