राष्ट्रपतिद्धारा ६ विधेयक प्रमाणीकरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिद्धारा ६ विधेयक प्रमाणीकरण


१५ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । संसद्को दुवै सदनबाट पारित भएका छ विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनादै सो जानकारी गराएकी हुन् । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएकाले स्वीकृत गरी सो मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा.युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको जानकारी राष्ट्रपति कार्यालयको पत्र उल्लेख गर्दै अध्यक्ष तिमल्सिनाले सुनाए ।

यसैगरी आजको बैठकमा सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा ९पार्वती०ले ‘पिछडिएको क्षेत्र, समुदाय, संस्कृति र राष्ट्रिय सम्पदाको अवस्था सम्बन्धमा कर्णाली प्रदेशको स्थलगत अध्ययन भ्रमण तथा अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन, २०७६’ पेश गरेकी थिइन् । सभाको अर्को बैठक फागुन २० गते मङ्गलबार दिनको २ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस