प्रधानमन्त्रीलाई शेखर कोइराललाले भने ‘तपाईँले राजीनामा दिनुको विकल्प छैन’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई शेखर कोइराललाले भने ‘तपाईँले राजीनामा दिनुको विकल्प छैन’


१५ फाल्गुन २०७६, बिहिबार


काठमाडौ । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

बिहीबार बिहान भएको भेटमा करिब डेढ घन्टा जति छलफल भएको थियो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले जानकारी दिएका छन्।

छलफलका क्रममा कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको उल्लेख गर्दै अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिएका छन्।

‘दुई तिहाइको सरकारले काम गर्ने अवसर पाउँदा पनि केही गर्न सकेको छैन। पार्टीभित्र विवाद चुलिँदै गएको छ। अब तपाईँले राजीनामा दिएर सबै पार्टीलाई मिलाएर अगाडि लैजानुको विकल्प छैन।त्यसमा प्रतिपक्षी दलको सहयोग रहनेछ।’ कोइरालाले भने ।

कोइरालाको राजीनामाको कुरा सुनेपछि प्रधानमन्त्रीले ठट्यौलीपारमा भने, ‘प्रतिपक्षी दलको धर्म नै हो राजीनामा माग गर्नु ।’

यसअघि पनि प्रधानमन्त्री र कोइरालाबीच भेटवार्ता भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस