किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा पक्राउ


१४ फाल्गुन २०७६, बुधबार


पक्राउ

काठमाडौँ । किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा अमृतकुमार घले पक्राउ परेका छन् ।

प्रहरी अधिकारीका अनुसार ५२ वर्षीय घले १७ वर्षीय किशोरीलाई ४ दिन बन्धक बनाएर बलात्कार गरेको आरोपमा १४ दिन अघि पक्राउ परेका हुन् ।

घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् ।

सिन्धुली घरबाट काठमाडौँ आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी किशोरीलाई घलेले लिफ्ट दिएका थिए ।

१२ कक्षामा अध्ययनरत किशोरीलाई अमेरिका पठाइदिने प्रलोभनमा पटक–पटक बलात्कार गरेको खुलेको प्रहरी नायव उपरीक्षक बोगटीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस