७० हजार घूससहित वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

७० हजार घूससहित वडाध्यक्ष पक्राउ


१४ फाल्गुन २०७६, बुधबार


अख्तियार

भैरहवा । रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रवण कुमार यादव पक्राउ परेका छन् ।

चार किल्ला सिफारिस गर्न सेवाग्राहीसँग ७० हजार रुपैयाँ घूस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले बुधवार पक्राउ गरेको हो ।

सिफारिस गर्न अध्यक्ष यादवले घुस मागेको भन्ने जानकारी पछि खटिएको आयोगको टोलीले घूस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

यादवलाई आयोगले नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस