प्रधानमन्त्री ओलीलाई भेट्न माधव नेपाल बालुवाटारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीलाई भेट्न माधव नेपाल बालुवाटारमा


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल बालुवाटार पुगेका छन् ।

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्रीको चेतावनीसँगै बढेको सरगर्मिकाबीच वरिष्ठ नेता नेपाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार बोलाइएका हुन् ।

बुधवार बिहानको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा गौतमलाई लैजाने निर्णय गरेको केही घण्टामै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर बालुवाटार बोलाएका थिए ।

उनले आफू विरुद्ध खेल भएको भन्दै सम्पूर्ण परिस्थितिको सामना गर्ने बताउँदै गौतमको नाममा सहमति जनाउन नसकिने बताएका थिए ।

बालुवाटार स्रोतका अनुसार अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सदस्यमा निरन्तरता दिन राष्ट्रपतिलाई सिफारिस गरिदिन्छु भन्ने प्रधानमन्त्रीको भनाई सँगै वरिष्ठ नेता नेपालले आवेशमा नआउनुस् भन्दै सम्झाएपछि ओलीले बालुवाटार मै सल्लाहका लागि बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस