आज देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना


१४ फाल्गुन २०७६, बुधबार


काठमाण्डौँ । आज देशका केही स्थानमा चट्याङसहितको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा पानी पर्नसक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मंगलबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको छ । पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना छ ।

अहिले बदली भएको काठमाडौंको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने महाशाखाले जनाएको छ । बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने बताइएको छ । तर त्यो प्रणालीले थोरै मात्र पानी पार्ने छ।

यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार प्रिमनसुनमा बिहान मौसम खुलेर दिउँसो घाम लाग्छ तर बेलुकीतिर बदली भएर हुरीबताससहित चट्याङ र असिना पर्छ ।

सामान्यतया मार्च अर्थात् फागुनको मध्यदेखि तीन महिनासम्म प्रिमनसुन हो । केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबताससहित चट्याङ पर्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस