श्रममन्त्री यादव मरिसस प्रस्थान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

श्रममन्त्री यादव मरिसस प्रस्थान


प्रशासन संवाददाता

१४ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव मरिसस प्रस्थान गरेका छन्।

नेपाल र मरिससबीच गत जेठमा भएको श्रम समझदारी कार्यान्वयनको प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन मंगलबार साँझ नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

भ्रमणका क्रममा मरिससमा प्रतिनिधिमण्डलस्तरमा वार्ता हुने र त्यसले कामदार पठाउने ‘मोडालिटी’को टुङ्गो लगाउने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

श्रम समझदारी भएको आठ महिना नाघे पनि समझदारीको प्रावधानअनुसार नेपाली कामदार मरिसस जान सकेका छैनन् ।

नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सचिव, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिवलगायत रहेका छन् ।

नेपाली प्रतिनिधिमण्डल आगामी सोमबार स्वदेश फर्कने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस