प्रधानमन्त्रीद्वारा केशर महलको अवलोकन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीद्वारा केशर महलको अवलोकन


प्रशासन संवाददाता

१३ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको ऐतिहासिक केशर महलको आज अवलोकन गरेका छन् ।

अवलोकनपछि उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे । पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भन्ने लेखेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । रु ५९ करोड ५० लाखको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस