पुनर्निर्माणमा खटिएका इन्जिनियर घुस लिएको अभियोगमा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पुनर्निर्माणमा खटिएका इन्जिनियर घुस लिएको अभियोगमा पक्राउ


१२ फाल्गुन २०७६, सोमबार


घुस

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग रु ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइन्जिनियर नवलेशकुमार रौनियार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइन्जिनियर रौनियारलाई पक्राउ गरेको हो। आयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस