फेवातालमा डुंगा पल्टिँदा एक जना वेपत्ता, दुईको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फेवातालमा डुंगा पल्टिँदा एक जना वेपत्ता, दुईको उद्धार


१२ फाल्गुन २०७६, सोमबार


पोखरा । फेवातालमा डुंगा पल्टिँदा एकजना बेपत्ता भएका छन् भने दुईजनाको उद्धार गरिएको छ। बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

आफैं डुंगा चलाएर गएका ३ जनामध्ये अरु दुईजनाको भने उद्दार भएको प्रहरीले जनाएको छ। उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।

फेवातालमा डुंगा चढ्दारचलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ ।

हराएका लुइँटेललाई प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

उद्धार भएका सबैको पोखराकै मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस