सुनको मूल्य ८० हजार नाघ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य ८० हजार नाघ्यो


१२ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ८० हजार भन्दा बढी पुगेको छ । सोमबार सुन तोलाको ८० हजार ३ सयमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेका हो। आइतबारको तुलनामा आज बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ। यसअघि आइतबार बजारमा सुन तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो।

सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ। चाँदी प्रति तोलामा ५ रुपैयाँ बृद्धि भएर ९२५ कायम भएको छ।

ठूला अर्थतन्त्र भएका देशबीच आन्तरिक द्वन्द्वको असर विश्व बजारमा परेकाले सुन चाँदी ओकालो लागेको विज्ञहरुको भनाई छ। सुन अझै महँगिने सम्भावना छन्।

Tags :
प्रतिक्रिया दिनुहोस