सुन्धुली । बिपी राजमार्गको खुर्कोट नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयले राजमार्ग अवरुद्द गरेका छन्।
बिपि राजमार्गस्थित गोलन्जोर गाउपालिका ७ तल्लो बारामा सोमबार बिहान ५ बजेतिर एक सवारीले ठक्कर दिदा स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हो। उनलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन।
प्रहरीका अनुसार ठक्कर दिने सवारी फरार रहेको छ।
ठक्कर दिने सवारी साधन पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयले बिपी राजमार्ग बिहानैदेखि अवरुद्ध गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।
कमलामाई नगरपालिका–९ स्थित आजद स्मृति कार्यक्रममा सम्बोधन गर्न जाँदै गरेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल राजमार्ग अबरुद्ध भएपछि बाटैमा रोकिएका हुन् ।







