प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्‍ने चारजना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्‍ने चारजना पक्राउ


१२ फाल्गुन २०७६, सोमबार


शंखधर साख्वा

काठमाडौं । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परेका छन्। समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई पक्राउ परेका हुन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई कालो झन्डा देखाउनलागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस