२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

अ+ अ-

चितवन । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए ।

अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उनको शरिरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै देखिएको थियोे । वडाध्यक्ष पौडेलको स्वास्थ्य गम्भीर बनेपछि आज बिहान भरतपुर अस्पतालमा ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको डा. तिवारीले जानकारी दिए ।

यसैबीच अनशनरत पौडेलको माग सुनुवाइ नभएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् । माडी हुँदै सदरमुकाम चल्ने सवारीसाधन र त्यहाँका बजार ठप्प भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ पुन संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतीपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने माग वडाध्यक्ष पौडेलको रहेको छ ।