ओली र प्रचण्डबीच भेट, संविधान संशोधनबारे छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओली र प्रचण्डबीच भेट, संविधान संशोधनबारे छलफल


प्रशासन संवाददाता

१२ फाल्गुन २०७६, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ। अध्यक्षद्वयबीच भएको भेटमा संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो विषयमा विवाद चर्किएको छ।

संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने बाटो खुलेपछि मात्र सांसद बन्ने अडान बामदेव गौतमले लिएपछि नेकपाले संविधान संशोधनको तयारी थालेको हो।

गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राख्दै आएका छन्।कार्यदल गठन विवादमा परेपछि नेताहरूले यस विषयमा दुई थरी कुरा गर्न थालेका छन्। निर्णय सार्वजनिक भएपछि सचिवालय सदस्यमै मत बाझिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच यो विषयको बुझाइमै अन्तर देखिएको छ। ओली पक्षले यो निर्णय सचिवालयमा नभएको तर्क अघि सारेको छ। सचिवालयकै केही नेता भने बैठकमा छलफल भई कार्यदल गठन गर्ने निर्णय भएको जिकिर गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस