मध्यरातमा धनमाल चोरी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मध्यरातमा धनमाल चोरी


प्रशासन संवाददाता

१२ फाल्गुन २०७६, सोमबार


लहान । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका छ भन्दा वढी घरबाट करिब २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ ।

भारतीय सीमा जोडिएको सो गाउँपालिकाको गाउँमा गएराती आएका चोरको समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादवलगायतको घरबाट धनमाल चोरी गरेको स्थानीयवासी अशोककुमार यादवले जानकारी दिए।

नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको जनाइएको छ । अशोककुमार यादवले भने, ‘राति कतिबेला कतिको सङ्ख्यामा चोर आएका थिए, कसैले थाहा पाएनन्, बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए ।’

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केसरीले चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस