देशका विभिन्न स्थानमा वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना


१२ फाल्गुन २०७६, सोमबार


काठमाडौं । आज अपरान्हपछि काठमाडौं उपत्यकासहित देशका पहाडी भेगहरुका पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पानी पर्न सक्ने महाशाखाका मौसमविद राजु प्रधानंगले जानकारी दिएका छन्। अहिले बिहान भने देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली रहेको छ।

मध्य तथा पूर्वी भूभागमा आँशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ देखि २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस