खैरो हिरोइनसहित पाँच जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खैरो हिरोइनसहित पाँच जना पक्राउ


प्रशासन संवाददाता

११ फाल्गुन २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

अत्तरिया । कैलालीको बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका छन् ।

उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस