बालुवाटारमा प्रधानमन्त्रीको जन्मदिन : उपप्रधानमन्त्रीले लगाइदिए रातो गुलाबको माला (फोटो) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा प्रधानमन्त्रीको जन्मदिन : उपप्रधानमन्त्रीले लगाइदिए रातो गुलाबको माला (फोटो)


प्रशासन संवाददाता

११ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा विशेष कार्यक्रम गरिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री पुर्ख्यौली घर जानु अगाडी बालुवाटारमा पनि जन्मदिनको विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा सचिवालयका सदस्यहरु उपस्थित थिए ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले प्रधानमन्त्रीलाई रातो गुलाबको माला लगाइदिएका छन् । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सेता माला लगाइदिए । सचिवालयका सदस्यहरुले जन्मदिनको केक काटे ।

हेर्नुस् प्रधानमन्त्रीको जीवनी झल्काउने ६ मिनेटको भिडियो :

कार्यक्रममा प्रधानमन्त्रीको जीवनी झल्काउने ६ मिनेटको भिडियो पनि प्रदर्शन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बालुवाटारको विशेष कार्यक्रम पछि प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई गएका छन् ।

फोटो : सूर्य थापा फेसबुक

Tags :
प्रतिक्रिया दिनुहोस