सिमेन्ट बोकेर बनेपा आउँदै गरेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिमेन्ट बोकेर बनेपा आउँदै गरेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु


प्रशासन संवाददाता

११ फाल्गुन २०७६, आइतबार


धादिङ ।  वीरगञ्जबाट बनेपाका लागि सिमेन्ट बोकेर आउँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ ।

आइतबार बिहान करिब सवा तीन बजे टायर पड्किएर अनियन्त्रित भइ ट्रक त्रिशूलीमा खस्दा मकवानपुरको भैंसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटमा ट्रक दुर्घटनामा परेको हो ।

चालक थोकरलाई थोकरको गजुरी अस्पताल लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सहचालक सप्तरीको रुपनगर बस्ने राजेश विक घाइते भएका छन् । उनको गजुरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस