गोकुल बास्कोटाको छानबिन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोकुल बास्कोटाको छानबिन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई


११ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले छानबिन गर्ने भएको छ ।

शनिवार अपराह्न बसेको नेकपा सचिवालय बैठकमा बास्कोटाको सम्बन्धमा छानबिन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको बैठकमा सहभागी एक वरिष्ठ नेताले जानकारी दिए ।

बास्कोटाका विषयमा सरकारी निकायले नै छानबिन गर्ने उनको भनाई थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएको केही घण्टामै बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस