हार्वर्ड विश्वविद्यालय भिजिट नेपाल २०२० बारे प्रदर्शनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हार्वर्ड विश्वविद्यालय भिजिट नेपाल २०२० बारे प्रदर्शनी


१० फाल्गुन २०७६, शनिबार


बोस्टर्न । अमेरिकाको हार्वर्ड विश्वविद्यालय भिजिट नेपाल २०२० बारे प्रदर्शनी गरिएको छ ।

एसिया र अन्तर्राष्ट्रिय सम्बन्धका लागि हार्वर्ड आयोजना विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नेपालीहरूले भिजिट नेपालबारे स्टल नै राखेर प्रचार प्रसार गरेका हुन् ।

फेब्रुअरी १४ देखि १७ सम्म अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा जापानमा अध्ययनरत नेपाल सरकारका शाखाअधिकृतद्वय विवेक घिमिरे र चन्द्रिका पण्डित तथा नेपालबाट सनित श्रेष्ठ सहभागी रहेका थिए ।

विश्वका विभिन्न ७० देशबाट चार सय ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय९यूएनएचसीआर० का निर्देशक, हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा नीति तहका उच्च अधिकारीको सहभागिता रहेको सहभागी विवेक घिमिरेले बताए ।

कार्यक्रम स्थलमा नेपाली खाना खुवाउनुका साथै भिजिट नेपालको लोगोसहितका प्रचार सामाग्रीहरूको प्रदर्शनी गरिएको घिमिरेको भनाई छ ।

नेपालका सहभागीहरूले नेपालको कला, सस्कृती तथा भौगोलिक अवस्थासँगै दक्षिण एसियाको भौगोलिक र राजनीति अवस्थाबारे छलफल तथा बहस गरेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस