काठमाडौँ । आज पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। शुक्रबार पश्चिम र मध्य क्षेत्रमा वर्षा तथा हिमपात भएकामा आज पूर्वतर्फ अलि बढी वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका हुन्।
यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको बताइएको छ । आज काठमाडौं उपत्यकामा आंशिक बदली (कहिले घाम, कहिले बादल) हुने देखिन्छ भने फाटफुट वर्षाको पनि सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको उनले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







