कैलालीमा बसको ठक्करबाट आलितालका एक युवकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कैलालीमा बसको ठक्करबाट आलितालका एक युवकको मृत्यु


१० फाल्गुन २०७६, शनिबार


डडेल्धुरा । कैलालीमा बसको ठक्करबाट डडेल्धुरा आलितालका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आइरहेको ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका डम्बरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते डम्बरको कोहपुलमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक नारायण विष्टले जानकारी दिए।

अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य छ।

प्रतिक्रिया दिनुहोस