एमसीसीबारे नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमसीसीबारे नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो


९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयलाई बुझाएको छ।

शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरेको थियो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस