सुनको मूल्य हालसम्मकै उच्च « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य हालसम्मकै उच्च


९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ ।

फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस