कारागारमा कोरोना भाइरस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कारागारमा कोरोना भाइरस


९ फाल्गुन २०७६, शुक्रबार


चीन । चीनको एउटा कारागारभित्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागारका दुई सय कैदीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो ।

स्थानीय रेन्चेङ कारागारमा रहेका २ हजार ७७ जनाको नमुना परीक्षण गरिएकोमा २ सय जना कैदी र ७ जना कारागार सुरक्षाकर्मीमा कोरोनाभाइरस सङ्क्रमण पाइएको प्रान्तीय सरकारलाई उद्धृत गर्दै चीनका राष्ट्रिय सञ्चार माध्यमहरूले खबर सार्वजनिक गरेका छन् ।

सुरक्षाकर्मी र केही कैदीमा खोकी र ज्वरो आउनले लगायतका लक्षण देखिएवपिछ सबैको परीक्षण गर्दा कैदी तथा जेलरमा कोरोना सङ्क्रमण देखिएको हो ।

कोरोनाका कारण अहिलेसम्म २ हजार २ सय ४७ जनाको ज्यान गइसकेको छ भने ७६ हजार ७ सय १६ जना कोरोना सङ्क्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको रिपोर्ट अनुसार १८ हजार ४३८ जना उपचारपछि स्वस्थ भएका छन् ।

बिहीबारको रिपोर्ट अनुसार प्रकोप फैलिएको १६औँ दिनमा मृतकको सङ्ख्यामा कमी नआए पनि नयाँ सङ्क्रमितको सङ्ख्या भने घटेको छ । २० फेब्रुअरीमा ८८९ जना सङ्क्रमण देखिएको छ भने ११८ जनाको ज्यान गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस