स्वास्थ्य विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ, ट्रमा सेन्टरमा पौडेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ, ट्रमा सेन्टरमा पौडेल


प्रशासन संवाददाता

८ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखामा रहेका सहसचिव तथा प्रवक्ता श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

यससँगै विभागका महानिर्देशक रहेका डा. रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ।

त्यसै गरी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. सन्तोष पौडेललाई नियुक्त गरेको छ।

हाड जोर्नी रोग विशेषज्ञ डा. पौडेललाई मन्त्रालयले निर्देशकको जिम्मेवारी दिएको हो।

यसअघि ट्रमाको निर्देशकमा डा. प्रमोद यादव रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस