कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो बुधबार सार्वजनिक भएको थियो ।

सोही विषयलाई लियर कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस