सञ्चार मन्त्री बास्कोटालाई राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सञ्चार मन्त्री बास्कोटालाई राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन प्रकरणमा मुछिएका सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटालाई राजीनामा दिन दबाब परेको छ ।

बिहीबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबिचको छलफलका क्रममा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठिक हुने सुझाएका छन् ।

बास्कोटा विवादास्पद र भ्रष्टाचारलाई बढवा दिने ठुलो कमिसन प्रकरणमा जोडिएसँगै प्रधानमन्त्री ओलीले रायका लागि प्रचण्डलाई छलफलमा बोलाएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठिक हुने भन्दै बास्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।

यसैबिच प्रधानमन्त्री ओलीले सञ्चार मन्त्री बास्कोटालाई बालुवाटार बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस