सेक्युरिटी प्रेस स्थापना प्रक्रिया रोक्न लेखा समितिको निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सेक्युरिटी प्रेस स्थापना प्रक्रिया रोक्न लेखा समितिको निर्देशन


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा अनियमितता भएको उजुरीबारे निर्णय गर्न बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले तत्काल प्रेस खरिदको प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरवारमा बिहीबार बिहान बसेको समितिको बैठकले गहन अध्ययन आवश्यक रहेको भन्दै अर्को निर्णय नभएसम्म खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो।

सेक्युरिटी प्रेस खरिदको क्रममा एजेन्टसँग कमिसनबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेको डिलको अडियो सार्वजनिक भएपछि यसबारे देशव्यापी चर्चा परिचर्चा सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस